दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कर्पोरेट विजनेश इन्फ्लुसिङ लिडरशिप अवार्ड -२०२०’ बाट चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २५ गते, शनिबार १८:०३

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल ‘कर्पोरेट विजनेश इन्फ्लुसिङ लिडरशिप अवार्ड -२०२०’ बाट सम्मानित भएका छन् । नेपालको कर्पोरेट ब्यापार क्षेत्रको प्रतिनिधीमुलक पहिलो पत्रिका कर्पोरेट म्यागाजिनको दशौं बार्षिकोत्सव समारोह माझ उनी सम्मानित भएका हुन। बरिष्ठ उपाध्यक्ष मल्ललाई कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सम्मान गरेका थिए ।

मल्ल नेपालको एक पायनियर विजनेशमेनमा गनिन्छन् । नेपालमा उनले वित्त, कृषि, पर्यटन, उड्डयन, शिक्षा, उर्जा, ट्रेड ब्यापार लगायतका क्षेत्रमा लगानी विस्तार गरेका छन् ।शालिन ब्यक्तित्व, भद्र स्वभाव र लगनशिल कार्यशैली मल्लको सबल पक्ष हुन । मल्ल विगत दुई दशक भन्दा लामो देखी नेपाल चेम्बर अफ कमर्शमा आवद्ध रहदै आएका छन् । चेम्बर आन्दोलनमा सकृय रहदै गर्दा उनले चेम्बरलाई गतिशिल बनाउन खेल्दै आएको भूमिका निकै नै प्रश.सनिय छ । उनको उर्जाशिल ब्यक्तित्व र टिम स्प्रिटमा काम गर्न सक्ने खुबीको यदाकदा चर्चा परिचर्चा हुने गर्दै आएको पाईन्छ । साथै, उनको निर्णय क्षमता समेत अब्बल प्रक्ृतीको रहेको बुझिन्छ ।

पछील्लो समयमा उनले चेम्बरको कार्यवाहक अध्यक्षको हैसियतले चेम्बरलाई स्थानिय, जिल्ला तथा प्रदेश स्तरमा विस्तार तथा व्यवसायीक वातावरणका लागि केन्द्रिय तहमा नेपाल सरकार, कुटनैतिक नियोग, वित्त क्षेत्र लगायत तालुकात तथा सरोकारवाला निकायहरुसँगको सहकार्य तथा समन्वयका लागि देखाउदै आएको तदरुकता तथा खेल्दै आएको भुमिका महत्वपुर्ण रहेको छ । त्यसैले पनि उनलाई आम ब्यापारीवर्गलाई सबल नेतृत्व दिन सक्ने क्षमतावान विजनेश लिडरका रुपमा हेरिदै र लिईदै आईएको पाईन्छ । उनमा अन्तर्निहित क्षमताको कदर गर्दै कर्पोरेट म्यागाजिनले उनलाई सम्मानित गरेको हो ।

‘कर्पोरेट विजनेश इन्फ्लुसिङ लिडरशिप अवार्ड -२०२०’ बाट सम्मानित भए पस्चात् बरिस्ठ उपाध्यक्ष मल्लले आफुलाई सम्मानित गरिएकोमा कर्पोरेट मिडिया ग्रुपलाई धन्यवाद दिदै यसले सत्य, तथ्य र निश्पक्ष ढंगले समाचार सम्प्रेषण गर्दै नेपालमा ब्यवसायमैत्री वातावरण निर्माणमा सहयोगीका रुपमा कार्य गर्दै जाने विश्वासका साथ मिडियाको उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना ब्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु