दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज पनि ४ खेलहरु सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २६ गते, आईतवार १९:५४

काठमाडौं, माघ २६ । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज पनि ४ खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा आयोजक नेपाल एपीएफ स्कुलले हारति शिक्षा मन्दिर स्कुललाई २—० गोल अन्तरले पराजित ग¥यो ।

आयोजक नेपाल एपीएफ स्कुलललाई विजयी गराउन सुरज खत्री र विसन महर्जनले १र१ गोल गरे । त्यसैगरी आज भएको दोस्रो खेलमा लिटल एन्जल्स स्कुलेले लोयल्टी एकेडेमीलाई ४—१ को फराकिलो अन्तरले पराजित ग¥यो ।

लिटल एन्जल्स स्कुललाई विजयी गराउन सुवर्ण बस्नेतले २ गोल, लक्ष्य महर्जनले १ र लुकेश गुरुङ्गले १ गोल गरेका थिए त्यसै गरी लोयल्टी एकेडेमीको तर्फबाट समिप राईले सान्तोना गोल गरेका थिए । आज सम्पन्न तेस्रो खेलमा नेपाल पुलिस स्कुलले साल्भिनिया एकेडेमीलाई ५—० गोल अन्तरले पराजित ग¥यो ।

नेपाल पुलिस स्कुलको तर्फबाट संदेश तामाङ्ग २, सोडिन अवालले २ र पदम चौलागाईले १ गोल गरेका थिए । आज भएको अन्तिम खेलमा ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलले जनसेवा मा.वि लाई १—० गोले अन्तरले पराजित ग¥यो । ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलललाई विजयी गराउन गोरा बहादुर ऐडीले १ गोल गरेका थिए ।

त्यसैगरी भोली मिति २०७६।१०।२७ गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेको छन ।
१. एम्ब्रोसिया ईन्टरनेशनल स्कुल विरुद्ध जेम्स स्कुल ।
२. बाघ भैरव बोडिङ्ग स्कुल विरुद्ध रिब्स स्कुल ।
३. ल्याब्रोटरी मा.बि. विरुद्ध लोयल्टी एकेडेमी ।
४. पुष्पसदन आवासीय माध्यमिक विद्यालय विरुद्ध सैनिक आवासिय महाविद्यालय ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु