दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउन अझै केही दिन लाग्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २७ गते, सोमबार ७:१६

काठमाडौं। नेपाल सरकारका उच्च अधिकारीले चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउन अझै केही दिन लाग्ने बताएका छन्। बीबीसी नेपाली सेवाका अनुसार, बुधवारसम्म उनीहरुलाई राख्ने व्यवस्था मिलाइ सक्ने र त्यस लगतै मध्य चीनको वुहान र वरपरका नगरमा रहेका नेपालीहरूलाई नेपाल ल्याइने ती अधिकारीले बताए।
राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुबेमा रहेका नेपालीहरुलाई तत्काल फर्काउन सरकारलाई निर्देशन दिए लगत्तै आफ्नो तयारीबारे नेपाल सरकारको पछिल्लो भनाइ आएको हो। चीन स्थित नेपाली दूतावासका अधिकारीले आफूहरू अझै नेपाल सरकारको निर्णयको पर्खाइमा रहेको बताएका छन्।

चार दिनअघि प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तको वुहान नगर र वरपर रहेका नेपालीहरूलाई फर्काउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु