दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेमाल गाउँपालिका अध्यक्ष कप जित्न ८ वडा सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २७ गते, सोमबार ७:४६

काभ्रे । काभ्रेपलान्चोक तेमाल गाउँपालिकामा माघ २३ देखि शुरूवात अध्यक्ष कपको शनिबार भएको खेल वडा नं ८/९ बीच फाईनल खेलमा वडा नं.८ भोरज्याङ(मेच्छे)ले नगद ७५ हजार बराबरकोको नगद सहित तेमाल कप जित्न सफल भएको छ ।

गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ र प्रमुख रेफ्रि राजेश श्रेष्ठलाई फुटबल हस्तान्तरण गरि शुरु भएको खेलमा पहिलो हाफमा २-२ को बराबरीमा टुङ्गिएको थिए ।

पेनाल्टीमा पनि ५-५मा बराबरीमा रहेकाे थियो तर तर दोस्रो चरणको पेनाल्टीमा भने वडा नं. ९ को जर्सी नं. ३ का खेलाडी दावा लामाले हानेको बल वडा नं. ८ का गोल किपर बुद्ध लामाले रोकेको थियो त्यो नै निर्णायक खेल गोलमा परिणत भएको थियो ।

यसरी वडा नं.९ मेच्छेले नगद रु ५० हजार सहित दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ भने तेस्रो स्थान वडा नं. ५ नारायणस्थान पोखरी रहेको छ ।

तेमाल अध्यक्ष कपलाई सम्पन्न गर्नका लागि गाउँपालिकाका प्रवक्ता तथा ७ नं.वडाका वडा अध्यक्ष ज्ञान बहादुर तामाङले नेतृत्व गरेकाे थियो ।
प्रथम कप जिते पछि वडा अध्यक्ष लक्ष्मी बहादुर तामाङले खेलमा हार जीत भैहाल्छ । जस्ले जिते पनि तेमालको जीत भएको खेलाडीहरुलाई धन्यवाद दिने क्रममा बताउनु भयो ।
उहाँले जितमा घमण्ड नगर्नका लागि खेलाडीहरुलाई अनुरोध पनि गर्नु भयो ।
वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर लामाले हारेपछि अलिकति मनमा खिन्न भने हुँदोरहेछ भनेर हारको पिडा पोखेका थिए तर अाउँदो सालमा अाफ्नै वडामा खेल मैदान तयार गरि त्यही तेमाल कप संचालन गर्नका लागि कार्यक्रम स्थलबाट नै उहाँले अनुरोध पनि गर्नु भयो ।

वडा नं. ६ ठूलो पर्सेलका वडा अध्यक्ष विकुलाल मोक्तानले तेमालले खोजेको खेलाडी तेमाल कपबाट प्राप्त भएको बताउनु भएको छ ।
तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले फुटबल खेलाडी तेज लामा जस्तै सफल राष्ट्रिय खेलाडी बन्नका लागि तेमालका सम्पूर्ण खेलाडीहरुलाई अनुरोध र हौसला दिनुभएको थियो ।

कार्यक्रममा फुटबल खेलाडी तेज तामाङ र squash स्कसमा ब्रन्ज मेडल जित्न सफल खेलाडी विपन ब्लोन
सितोरियो करातेका प्रशिक्षक तथा राष्ट्रिय रेफ्री सुर्य बहादुर तामाङलाई राष्ट्रिय स्तरमा खेलको माध्यमबाट तेमाललाई चिनाउन योगदान पुर्‍याएको कदर गर्दै सम्मान गरेका थिए

अहिले तेमालमा मात्र प्रतिस्पर्धा भएको छ अब जिल्ला स्तरीय खेलमा प्रतिस्पर्धा गर्न सक्ने तयारीका लागि गाउँपालिकाले व्यवस्थापन गर्ने तेमाल गाउँपालिकाका अध्यक्ष सलास सिं तामाङले प्रतिबद्धता गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु