
साधना लघुवित्त बित्तीय संस्था लि.केन्द्रिय कार्यालय, गोरखाको आयोजनामा धादिङ्ग जिल्लाको खनियाबास गाँउपालिका ४ दार्खामा समुदायसंग अन्तरक्रिया तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कुकुमेन्दु आमा समुहकी अध्यक्ष सुन्दरी तामाङ्गको अध्यक्षतामा तथा खनियाबास गाँउपालिकाका अध्यक्ष रण ब तामाङ्गको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिनुहुदै गाँउपालिकाका अध्यक्ष श्री तामाङ्गले साधना लघुबित्त बित्तीय संस्थाले खनियाबास गाँउपालिका जस्तो अति बिकट गाँउमा समेत बित्तिय सेवा प्रबाहका लागि संस्था आएकोमा खुसि ब्यक्त गर्नुहुर्दे गाँउपालिकाको तर्फबाट आबश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउदै बित्तीय संस्थाको आगमनले यस क्षेत्रको सामाजिक आर्थिक रुपान्तरण संगै महिला सशिक्तिकरण, बित्तीय चेतना र रोजगारीको सिर्जनाले खनियाबास गाँउपालिकाको बिकासमा पूलको काम गर्नेमा आफू बिश्बस्त भएको बताउनुभयो । कार्यक्रममलाई सम्बोधन गर्नुहुर्दे गाँउपालिकाका उपाध्यक्ष यो माया तामाङ्गले सामुहिक जमानी तथा धितो सुरक्षणमा कर्जा बितरण गरी महिला लगायत स्थानीय उद्यमी बनाउन, समाजलाई सकारात्मक बाटोमा अघी बढाउन बित्तीय संस्थाको भुमिका महत्वपुर्ण हुने बताउनुभएको थियो । खनियाबास गाँउपालिकाका योजना अधिकृत शेखर कार्कीले गाँउपालिकाको समृद्ध बिकासका लागि स्थानीयको प्रतिब्यक्ति आम्दानी बढाउनुपर्ने र सो का लागि आबश्यक पूँजी सरल सहज किसिमबाट साधना लघुबित्तले उपलब्ध गराउने हुदाँ उपलब्ध बित्तीय सेवाको उपभोग गर्न स्थानियलाई आग्रह समेत गर्नुभएको थियो । दार्खा साना किसान सहकारी संस्थाकी अध्यक्ष मथुरा तामाङ्ग, बैंक अफ काठमाण्डौ खनियाबास शाखाकी प्रतिनिधी संगिता बुहाजुले बित्तीय संस्थाको प्रगतीको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुको जिज्ञासा सम्बोधन गर्नुहुदै बित्तीय संस्थाका अनुगमन तथा सुपरिबेक्षण बिभाग प्रमुख किरण श्रेष्ठले बित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत यस कार्यक्रमको आयोजना गरिएको बताँउदै संस्थाले उपलब्ध गराउने बित्तीय सेवा सुबिधा, संस्थाको कार्य प्रकृती संगै सामाजिक सुरक्षा सुबिधाको बारेमा सहभागीहरुलाई प्रस्ट पार्नुभएको थियो । सोही अबसरमा प्रमुख श्रेष्ठले निकट भबिष्यमा नै बित्तीय संस्थाले दार्खामा नै शाखा सञ्जाल बिस्तार गरी समय सापेक्ष गुणस्तरीय बित्तीय सेवा प्रबाह गर्न बित्तीय संस्था प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो । बित्तीय संस्थाको अनुगमन कार्यालय धादिङ्गबेशीको अनुगमन अधिकृत बिबेक कमार पौडेलको स्वागत मन्तब्यमा सम्पन्न उक्त कार्याक्रममा स्थानिय आमा समुह, स्वास्थ्य स्वयमसेबिका लगायत १२० भन्दा बढिको सहभागिता रहेको थियो ।


