बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २८ गते, मंगलवार १४:३५

काठमाडौं, नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध दुष्प्रचार हुँदै आएको धारणा सार्वजनिक गरेको छ । प्रतिष्ठानले यस्ता कार्य निन्दनिय रहेको पनि जनाएको छ । साथै, प्रतिस्ठानले कोरोना भाइरसबिरुद्को अभियानमा आफ्नो ऐक्यबद्द्ता जनाउदै सद्भाव समेत प्रकट गरेको छ । उक्त मैत्री संस्थाले आईतबार एक लिखित एबम श्रब्य दृश्ययुक्त प्रेस विज्ञप्ती जारी गर्दै सद्भाव प्रकट गरेको हो ।

राजधानीमा तत्काल उपस्थित आफ्ना सदस्यका साथ अध्यक्ष मेल्सम ओझाद्वारा जारी बिज्ञप्तिमा चिनियाँ जनताले वसन्त चाडको स्वागत गर्न तयारी गर्दै गर्दा भोग्नुपरेको बिषम परिस्थितीको अग्रिम मोर्चामा रहेर सामना गरिरहेका बैज्ञानीक, डाक्टर, नर्स, किसान र मजदुरहरुलाई धन्यवाद ब्यक्त गरिएको छ । साथै, चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले लिएको भार्इरस बिरुद्दको नितिलाइ पुर्ण समर्थन गरेको उल्लेख गरेको छ । कार्यक्रममा सदस्यहरु रमेश कुमार भट्टराई , शिव पौडेल, प्रजित राज पराजुली, निराजन तिवारी, अनामिका कार्की, सुमन कोइराला र आशिस कोखालीको उपस्थिती रहेको थियो । प्रतिष्ठानले चीन सरकारले नेपाली जनता र बिद्यार्थीको सुरक्षामा देखाएको जिम्मेवारीबोध प्रती हार्दिक कृतज्ञता समेत प्रकट गरेको छ ।

नेपाल चीन प्रतिष्ठानले आफ्ना सदस्यलाई भार्इरस सम्बन्धी समाचारका लागि चिनियाँ आधिकारिक सुचना स्रोत हेर्न , पढ्न र सत्य थाहा पाउन आफ्नो सामाजिक सन्जालमार्फत आव्हान समेत गरेको छ । वित्रप्तिमा समयक्रममा भयावह स्थिती आउने गरेको तर चीनले आकस्मिक रुपमा समाधानको बाटो पहिल्याउदै अघि बढ्ने गरेको भन्दै जस्तो सुकै बिषम परिस्थितीको सामना गर्दै अघि बढ्ने सवालमा चीनले हासिल गर्दै आएको चमत्कारिक उपलब्धीको प्रशंसा समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु