दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से परिसूचक १७ दशमलव ११ अंकले बढेर १ हजार ३ सय ४१ दशमलव ३८ अंकमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २८ गते, मंगलवार १६:१९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहारो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ११ अंकले बढेर १ हजार ३ सय ४१ दशमलव ३८ अंकमा पुगेको छ ।दोहोरो अंकले परिसूचक उकालो लाग्दा व्यापारबाहेक सबै उपमसमूहहरु हरियाली देखिएका छन् । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । दिनभर भएका १५ हजार २ सय ३२ कारोबारबाट ३९ लाख ९६ हजार ८ सय ७७ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४ सय ४० रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट सबैभन्दा पहिलो नम्बरमा देखिएको छ । मंगलबार कारोबार बन्द हुँदा प्रतिकित्ता ५६० रुपैयाँ देखिएको शिवम्को सेयर १५ करोड रुपैयाँ भन्दा माथिको किनबेच भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा एनआइशी एशिया बैंकको सेयर देखिएको छ । यस बैंकको ११ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु