
ओमान । ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले बुधबार ओमानको परराष्ट्र मन्त्रालयको पश्चिम एशिया विभाग प्रमुख महामहिम मुसा विन हमाद अल ताइसँग ताइ कै कार्यकक्षमा परिचयात्मक भेटघाट गरेका थिए ।
उक्त अवसरमा पराजुलीले ताइलाई सफल कार्यकालको शुभकामना दिँदै ताइको कार्यकालमा पनि पहिले जस्तै अनवरत सहयोग पाइराख्ने अपेक्षा व्यक्त गरेका थिए । त्यसैगरी नेपाल र ओमानबिच पछिल्लो द्धिपक्षीय सम्बन्धका आयामहरुको बारेमा प्रकाश पार्दै आपसी द्धिपक्षीय सम्झौता, व्यपार सम्बन्धी सम्झौता लगायत विविध विषयहरुबारे महामहिमज्यूलाई अध्यावधिक गराएका थिए । ताइले आफूले भर्खरै यस महाशाखा सम्हालेकाले उपरोक्त विषयहरुमा यथासक्य चाँडो निष्कर्षमा पुग्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।
सो भेटघाटमा नेपाली राजदूतावासका द्धितीय सचिव श्री सोमेश थापा एवं पश्चिम एशिया विभागका अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो।


