
फागुन ०२, काठमाडौं । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन भने प्रतितोला ७५ हजार ७०० रुपैँयामा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइहेको महासङ्घले जनाएको छ ।


