दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ३ गते, शनिबार ९:४८

काठमाडौं । सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने बताइएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षमा सरकारले हाँसिल गरेका उपलब्धी र प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।
यसअघि संसद सचिवालयले हिजोको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो ।
तर राष्ट्रियसभाका कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोध प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।
बैठकमा उपाध्यायको निधनमा संसदमा एक मिनेट मौनधारण गरेपछि वैठक स्थगित गरिएको हो ।

क्यान्सर रोगबाट पीडित कांग्रेस सांसद उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु