तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अबकाे शिक्षा प्रणाली व्यावासायिक र प्राविधिक हुनजरुरी छ : मैनाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ३ गते, शनिबार १६:१७

३ फाल्गुण २०७६
काठमाडौंको सामाखुसीमा अवस्थित नवजीवन स्कुल तथा कलेजले ३९ औं बार्षिक उत्सव एवं अभिभावक भेला विशेष समाहारो बिच सम्पन्न भएको छ ।
नेकपा नुवाकाेटका युवा नेता एवं बागमती प्रदेशसभा सदस्य माननीय बद्री मैनालीकाे प्रमुख आतिथ्यता आयोजित कार्यक्रम नेपाल सरकारका पुर्व सचिव तुलसी प्रसाद सिटाैलाकाे अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरु उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेता एवं बागमती प्रदेशसभा सदस्य माननीय मैनालीले अबकाे शिक्षा प्रणाली व्यावासायिक र प्राविधिक हुनुपर्ने धारणा राख्नुभयाे। समृद्धिका लागि शिक्षाको ठुलो महत्त्व रहेको हुँदा अहिलेको शिक्षालाई अझ आधुनिक ढंगमा बाट अगाडि बढाउन जरुरी रहेको र देशमा तीन तहको सरकार निर्माण भएपछि शिक्षामा गरिने लगानी पनि पहिलाको तुलनामा बढेको छ । प्रदेश सरकारले पनि शिक्षा क्षेत्रको लागी विभिन्न कार्यक्रमहरुको नीतिनिर्माणमा लागेको कुरा पनि जानकारी गराएका थिए ।
अब अग्रेजी शिक्षाले मात्र चेतना र जीवन स्तरमा वृद्धि नअाई,अनुशासित तथा संस्कार बिधार्थीलाई सिकाउनकाे लागि नैतिक र संस्कृत जस्ता शिक्षा माध्यमिक तह सम्म अनिवार्य हुनुपर्ने कुरामा जाेड दिनुभयाे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु