दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महालक्ष्मी नगरपालिका र कान्तिपुर इन्टरनेशनल कलेज वीच समझदारी पत्रमा हस्ताक्षर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते, आईतवार २०:२३

फागुन ४, ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका र यस नगरपालिकाको वडा नं. ८ लुभुमा सञ्चालनमा रहेको कान्तिपुर इन्टरनेशनल कलेज वीच एक अर्कालाई सहयोग गर्ने अभिप्रायले समझदारी पत्रमा हस्ताक्षर गरी सम्झौता भएको छ । सम्झौता पत्रमा महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ र कान्तिपुर इन्टरनेशनल कलेजको तर्फवाट प्रिन्सिपल प्रा. डा. जीवराज पोखरेल, नगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद रेग्मी र कलेजका एकेडेमिक डाइरेक्टर नवराज पोखरेलले आज हस्ताक्षर गर्नुभयो ।
उक्त समझदारी पत्रमा उल्लेख भएअनुसार महालक्ष्मी नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रहेका शहरी योजना, सम्पदा संरक्षण, वास्तुकला तथा इन्जिनियरिङ सम्बन्धी काम अध्ययनका लागि उक्त कलेजका बिद्यार्थी तथा प्राध्यापकहरुलाई अनुमति दिनेछ तथा कलेजले यस सम्बन्धमा आवश्यक सर-सल्लाह दिनेछ । नगरपालिकालाई आवश्यक परेमा कलेजले विद्यार्थी तथा प्राध्यापक एवं विज्ञहरूलाई परिचालन गरी उक्त काम सम्बन्धी ईञ्जिनियरिङ सेवा प्रदान गर्नेछ ।
यस नगरपालिकामा स्थाई रुपमा बसोबास गरेका र यस नगरपालिकाका आदिबासी मध्ये ५ जना बिद्यार्थीका लागि भर्नाको ब्यवस्था गरिएको छ । उक्त बिद्यार्थीले विश्वविद्यालयको नियमानुसार जेहेन्दार तथा बिपन्न छात्रवृत्ति पाउने छन् । नगरपालिका र कलेजले विभिन्न अवसरहरुमा आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरुमा एकले अर्कालाई पूर्व जानकारी दिने र आवश्यक सहयोगको आदान प्रदान गर्ने छन् ।
साथै कलेजले आफ्ना बिद्यार्थी तथा प्राध्यापकहरुलाई परिचालन गरी ईञ्जिनिरियरिङ सेवाको माध्यमबाट सामाजिक बिकास, सुधार, सचेतना, सम्पदा संरक्षण र रुग्ण सामुदायिक बिद्यालयको उत्थानमा योगदान दिने छ । यस समझदारी पत्रको हस्ताक्षर भएको तीनवर्षसम्म समझदारी कायम रहनेछ । त्यसपछि यसलाई निरन्तरता दिने या विश्राम दिने सम्वन्धमा समिक्षा हुनेछ र निरन्तरता दिनुपर्ने भएमा पुनः समझदारी गरिनेछ ।
उक्त कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले देशको विकास गर्ने भनेको इन्जिनियर जस्ता प्राविधिक जनशक्तिले भएकोले गर्दा नगरपालिकाले असल र कुशल इन्जिनियर बनाउन उक्त कलेजसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । इन्जिनियर जस्ता प्राविधिक जनशक्तिले भौतिक पूर्वाधार निर्माण गर्दा बडो दुरदर्शी भई फोहर ब्यबस्थापनको पाटोलाई एकदम ध्यान दिएर सेफ्टी ट्यांकी राख्दा सिल्ड म्यानेजमेन्टलाई पनि ध्यान दिन आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु