दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्किब्सको दोहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते, आईतवार २०:३४

काठमाडौ ।
स्किब्सले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ ।
धापासीस्थित आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) को कोर्टमा भइरहेको प्रतियोगितामा स्किब्सले टीआईएलाई १६–११ ले पराजित ग¥यो । अर्को खेलमा स्किब्सले एनइएलाई १५–१२ ले हरायो । दुवै खेलमा स्किब्सका अनुज खत्रीले सर्वाधिक स्कोर गरे । अनुजले टीआईए विरुद्ध ८ तथा एनइए विरुद्ध ९ अंक जोडे ।
जुनियर ब्वाइजमै इबीएले नेपाल मोडेललाई १५–१०, एनइएले टीआईएलाई २०–१४, मातृभुमिले काठमाडौं ग्लोबललाई १६–९, फ्युजनले स्किम्सलाई १०–५ र नव ज्ञानभुमिले भक्तिलाई १२–१० ले पाखा लगाए । इबीएका सुनिल मल्लले ९, एनइएका नारायण पण्डितले १२, मातृभुमिका जीवन गुरुङले ७, फयुजनका रोहित विष्टले ६ र नव ज्ञानभुमिका राज थापाले ८ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु