दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पदक विजेता सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते, आईतवार २०:४५

ललितपुर, आई डब्लु एफ एन कराते डो संघले आज एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ। भारतको हरियाणा पानीपथ राज्यमा गत मंसिर १३ देखि १५ सम्म भएको वादो कप अन्तराष्ट्रिय कराँते प्रतियोगिता २०१९ मा भाग लिई स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने २६ नेपाली खेलाडीलाई आज एक कार्यक्रमबीच सम्मान गरेको हो। संघले खेलाडीका साथै टिम प्रशिक्षकहरुलाई समेत सम्मान गरेको आई डब्लु एफ एन कराते डो का प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बुद्धराज नेगीले बताए। कार्यक्रममा बागमती प्रदेशका प्रदेश सांसद एवम् सङ्घका अध्यक्ष लक्ष्मण लम्साल, नेपाल कराते महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, प्रमुख प्रशिक्षक मदन उप्रेतीलगायतको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु