दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एबी इन्टरनेशनलले घोषणा गर्‍यो नयाँ चलचित्र ‘वोर्न टू डान्स’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते, आईतवार २१:०१

काठमाडौं ४ फाल्गुन
एबी इन्टरनेशनलले नयाँ सिनेमा घोषणा गरेको छ ।
सत्य कथामा आधारित ‘वोर्न टू डान्स’ नामक चलचित्र निर्माण घोषणा गरेको छ। नेपाली सिनेमा क्षेत्रमा फरक प्रयोग र उत्कृष्ट सिनेमा बनाउने कम्पनीको रूपमा पर्चित एबी इन्टरनेशनल जस्ले बलिउड अभिनेत्री शनि लियोन लाई राखेर पासवर्ड नामक चलचित्र निर्माण गरिसकेको छ साथै इन्टरनेशनल कै बैनरमा अहिले हिन्दी चलचित्र लैला मन्जु पनि छायांकनको क्रममा रहेको छ ।

पुजा शर्मा,आकाश अधिकारी,सोनम तोपदेनको मुख्यमा निर्माण सम्पन्न भैसकेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी बर्षको भदौ ५ गते रिलिजको तयारीमा रहेको छ।

निर्माण घोषणा गरिएको चलचित्र ‘वोर्न टू डान्स’को निर्देशन अमन तामाङले गर्ने छन् भने अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ । यो चलचित्र एबी इन्टरनेशनलको ड्रिम प्रोजेक्टको रुपमा रहेको र चलचित्रको लागि कलाकार छनौट कार्य जारी रहेको र छिटै टुंगो लाग्ने निर्माण कम्पनीले जनाएको छ। चलचित्रको छायांकन नेपाल बेलायत र अमेरिकामा गरिनेछ ।
चलचित्र लाई २०७७ मै रिलिज गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु