दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज सेमी फाईनल चरणका २ खेलहरु सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते, सोमबार १८:५३

काठमाडौं,५ फागुन । नेपाल एपीफ स्कुल, कीर्तिपुर-४ काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज सेमी फाईनल चरणका २ खेलहरु सम्पन्न भएका छन् ।

पहिलो खेलमा ल्याब्रोटरी मा.बि.लाई २-१ ले पराजित गर्दै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल फाईनलमा पुग्न सफल भएको छ । त्यस्तै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुलको तर्फबाट गोविन्द सिंहले २ गोल गरेका छन् भने ल्याब्रोटरी मा.बि. का तर्फबाट रमेश के.सी.ले १ गोल फर्काएका छन् । त्यसैगरी आज भएको दोस्रो सेमी फाईनल खेलमा हारती शिक्षा मन्दिरलाई २-० को गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुलले फाईनलको यात्रा तय ग¥यो । नेपाल पुलिस स्कुलको तर्फबाट सन्देश तामाङ्गले १ गोल र आत्मघाती १ गोल भएको थियो ।

आज सम्पन्न २ खेलहरुमा उपविजेता भएका ल्याब्रोटरी मा.बि. विरुद्ध हारती शिक्षा मन्दिरबीच मिति २०७६।११।०७ गते बिहान ठिक १०:०० बजे तेस्रो स्थानको लागी खेल हुनेछ । त्यसैगरी फाईनल खेल नेपाल पुलिस स्कुल विरुद्ध ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुलबीच यहि मिति २०७६।११।०८ गते बिहान १०:०० बजे नेपाल एपिएफ स्कुल स्टेडियम क्रिर्तिपुरमा हुने नेपाल एपिएफ स्कुल खेलकुद कार्यक्रमका संयोजक राज कुमार प्याकुरेलले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु