दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जेष्ठ नागरिकलाई मासिक भत्ता वितरणमा सहजता गरिदैं

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते, सोमबार १९:००

फागुन ५, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार न्यापानेले काठमाडौं महानगरपालिका र राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभाग र सम्बन्धित बैंकहरुले एक आपसमा मिलेर महानगरपालिकाले वितरण गर्ने जेष्ठ नागरिक सम्बन्धि भत्तामा देखिएको समस्याहरुको समाधान गर्नु पर्ने बताउनु भयो ।

आज देखि काठमाडौं महानगरपालिकाद्धारा काठमाडौंमा आयोजित दुइ दिने सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण तालिममा प्रमुख कार्यकारी न्यापानेले सो कुरा बताउनु भएको हो ।
यसैगरी सोहि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागका निर्देशक जनकराज भट्टले महानगरसंग सामाजिक सुरक्षा भत्तामा संलग्न बैंकका एकजना व्यक्तिले बैंकद्धारा वितरण हुने सामाजिक सुरक्षा भत्तामा प्रमुख जिम्मेवारी बहन गर्नु पर्ने बताउनु भयो ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा वडा १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले जेष्ठ नागरिकलाई वडाबाट बितरण गरिने सामाजिक सुरक्षा भत्तामा केही समस्या रहेको र यसलाई राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभाग , महानगर र बैंकको आपसी समझदारीमा समाधान गरिनु पर्ने

बताउनु भयो ।१ देखि १६ वडाका वडाध्यक्ष र सचिव सम्मिलित सो अभिमुखीकरण तालिममा भोलि वडा नं १७ देखि ३२ सम्मका वडाध्यक्ष र सहभागि हुने तालिम संयोजक सन्तु श्रेष्ठले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु