
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी ब्याबसायी संघको दोश्रो अधिबेशन सम्पन्न भएको छ । काठमाडौ को नया बसपार्क वरिपरि खोलिएको झण्डै चार दर्जन दोहोरीहरुको छाता संगठन रहेको उक्त सस्था २०५९ मा स्थापना गरिएको हो । आइतबार सम्पन्न अधिबेशनलाई पुर्व रक्षा मन्त्री तथा संघीय प्रतिनिधि सदस्य भिमसेन दास प्रधानले उद्घाटन गरेका थिए कार्यक्रम अध्यक्ष चुडाबहादुर कार्कीको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन महासचिब प्रेम श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा महानगरीय प्रहरी प्रभाग महाराजगन्जका प्रमुख उमेश लम्साल , कामनपा वडा नम्बर ६ का वडा अध्यक्ष खेमराज तिवारी , नयाँ बसपार्कका प्रहरी प्रमुख सन्तोस कुमार दहाल लगायत समाजका प्रतिस्ठित ब्याक्तित्व हरुको उपस्थित रहेको थियो । कार्यक्रममा आफ्ना भनाई राख्दै डिएसपि उमेश लम्सालले लोकदोहोरी क्षेत्र सम्मानित काम हुदा हुँदै पनि समाजले अलि पचाउन गार्हो भएकोमा चिन्ता ब्यक्त गरे । अब यो क्षेत्रलाई हेर्ने नजिर तोड्न र त्यही अनुसार काम गर्न आग्रह पनि गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व मन्त्री भिमसेन दास प्रधानले आफ्नो बयस्क अवस्थाको कुरा कोट्याउदै आफू गीत संगीतको पारखी भएको जानकारी गराए । केही गीतका हरफहरु समेत गुनगुनाएका प्रधान ले अब गीत संगीतको हकहित को लागि छिट्टै विधेयक पास गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रमका सभापति चुडा बहादुर कार्कीले अधिबेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती पनि रहेको थियो अधिबेशन निकै भब्य बिना बिबादास्पद सम्पन्न भएको थियो । अधिबेशनले रिम केसिको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दलमान गुरुङ, उपाध्यक्षहरुमा प्रकाश कटुवाल, दिपसागर थापा,शंकर गुरागाई, माया गुरुङ चयन भएका छन् ।महासचीव गुणराज खनाल निर्बाचित भएका छन् भने सचिबमा भिम श्रेष्ठ निर्बाचित भए । यसैगरी कोषाध्यक्षमा नबराज पाण्डे र शिवजि पौडेल सह कोषाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा रोहन बानिया(नबिन ), दिलु सलामी, निरा गुरुङ, कमल घिमिरे, चरित्र बिस्ट निर्बिरोध निर्बाचित भएका छन् । अध्यक्ष केसीले सबैसँग सहकार्य गर्दै लोकदोहोरी ब्याबसायलाई ब्यबस्थित बनाउदै अगाडी बढ्ने बताए ।


