
ललितपुर २०७६ फागुन ५ गते
जिल्लाको विकास निर्माणमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै ललितपुरका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ललितपुरले आयोजना गरेको ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगत बीच सहकार्य’ विषयक अन्तरिक्रिया कार्यक्रममा जिल्लाको समसामयिक विषयमा बोल्ने वक्ताहरुले स्थानीय तहले विकास निर्माणलाई तीब्रता दिन नसकेको गुनासो गरेका थिए ।
जिल्लामा देखिएको समसामयिक विषयमा नागरिक समाजको सहकार्यलार्ई सशक्त बनाउनु पर्ने खाँचो रहेको बाग्मती प्रदेश सभामा ललितपुरबाट प्रतिनिधित्व गर्ने सांसद राजकाजी महर्जनले बताउनुभयो । ‘सुशासन र अधिकारका कुरालाई पारदर्शी र व्यवस्थित रुपमा सञ्चालन गर्न पत्रकार, नागरिक समाज र सरकारी निकायबीच सहकार्य हुनु पर्ने खाँचो छ । पत्रकारिता क्षेत्रमा केही व्यक्तिहरु क्षणिक स्वार्थमा लागेर हचुवाका भरमा समाचार लेख्ने बेथिति देखिएको छ ।,’– उहाँले भन्नुभयो ।
‘सक्नेलाई आँट्ने, नसक्नेलाई ढाँट्ने परिपाटी हावी भइ जग्गा प्लटिङ र नदी दोहनका कुरा उठेका छन्, राज्यले निर्देशक सिद्धान्त र कानुनी राज्यको मान्यतालाई स्थापित गर्नु पर्छ ।’,– महर्जनले भन्नुभयो ।
सांसद महर्जनले दक्षिण ललितपुरमा सरकारले विकास निर्माणका काममा तीब्रता दिइरहेको तर त्यहाँका नागरिकहरु सदरमुकामतर्पm बसाई सर्ने कार्यले जनआकांक्षा अनुरुप काम गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।
आपूmले भौतिक विकासका लागि दिगोपनको सोच राखेर मोटरबाटो निर्माण गर्दा ढक निकास, खानेपानी व्यवस्थापन पछि मात्र कालेपत्रे गर्ने तर्पm अघि बढाएको उल्लेख गर्दै सकरात्मक सामाजिक रुपान्तरणका लागि इन्सकेमार्पmत बहस र नागरिक समाजसँग सहकार्यको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
ललितपुर बारएशोसिएसनका अध्यक्ष अर्जुन महर्जनले संघीय लोकतन्त्र नेपालमा तीन तहका सरकारबीचमा कामकार्वाहीमा तौल तरिकामा अन्तर द्वन्द्व रहेको उल्लेख गर्दै दिगो विकासका लागि समुदायलाई उत्पादनशील कार्यसँग जोड्नु पर्ने खाँचो औँल्याउनु भयो । उहाँले विकासका लागि नेपाली भूगोल, आर्थिक, सामाजिक, साँस्कृतिक अवस्था अनुसारको विकास लक्ष्य तय गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
अधिकारकर्मी गोपाल सञ्जेलले स्रोतको विकासका लागि व्यवस्थापन, विधि विधान र पहल गर्ने काम सरकारका प्रतिनिधिले गर्नु पर्ने उल्लेख गर्दै नागरिकहरु विकासका बहाक, हकदार र नेतृत्वकर्ता भएको कुरा बुभ्mाउन नसक्दा विकासमा बाधा भएको बताउनु भयो । उहाँले् विकासका लागि जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र वडाका प्राथमिकता निर्धारण गरेर अघि बढ्नु पर्ने खाँचो औँल्याउदै संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तय गरेको दिगो विकास लक्ष्यमा पुग्ने गरी काम गर्न सबैको साझा पहको खाँचो औँल्याउनु भयो ।
नेपाली कांग्रेस ललितपुरका नेता रविन्स शर्माले पार्टी वा कुनै विचार समूहबाट प्रभावित नभई वेथितिको बारेमा नागरिक अगुवा र पत्रकारले निर्भिकताका साथ आफ्ना धारणा राख्नुपर्ने बताउनुभयो । ‘हाम्रा आवाज पनि सम्बन्धित निकायले सुनेका छैनन्, तर आवाज उठाउन नछाडौ,’ शर्माले भन्नुभयो ।
‘विकासको पुर्वाधार निर्माणमा अघि जान सकेन, स्थानीय तहले प्रगति उन्नती हासिल गर्न सकेनन । राज्य संरचनामा परिवर्तन आएपछि नागरिक अगुवा स्थानीय तहमा पुग्न नसकेको उहाँले बताउनुभयो । ‘नागरिक समाज भनेको स्थानीय तहको वाचडग हो, हामी सदरमुकाम केन्द्रित हुदाँपनि स्थानीय तहका बिकृति बाहिर आउँन सकेनन,’ शर्माले भन्नुभयो ।
गैरसरकारी संस्था महासंघ ललितपुरका अध्यक्ष टिकाराम दाहालले स्थानीय क्षेत्रको विकासका लागि प्राथमिकीकरण गरी योजनाबद्ध विकासमा नागरिक समाज र पत्रकारबीचको सहकार्यमा जोड दिनु भयो । उहाँले सरकारले गैरसरकारी संस्थाका बारेमा ल्याउन लागेको विधेयक प्रति असन्तुष्टि जनाउनु भयो । ‘नागरिक समाज संगठित नै हुन नसकुन भन्ने तवरले विधेयक आउदैं छ,’ उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले सञ्चार माध्यम बलियो भए नागरिकका आवाज बुलन्द बन्ने उल्लेख गर्दै आस्था र विचारलाई थाति राखेर नागरिक समाजको भूमिका बलियो वनाउनु पर्नेमा जोड दिनुभयो ।
इन्सेक बाग्मती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले नागरिक समाज र सञ्चार जगत बीच सहकार्यका अवसर र चुनौतीलाई समुदायमा सचेतना जगाउनु पर्नेमा जोड दिनुभयो ।
अधिकारकर्मी बद्रिप्रसाद सिवाकोटीले विकास निर्माणका नाममा डोजर संस्कृति मौलाएकोमा चिन्ता व्यक्त गर्दै नागरिकको आवाजलाई मुखरित बनाउन संचार जगतले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।
अधिकारकर्मी रोशनी कर्माचार्यले भौतिक पुर्वाधारको विकासमा लापरवाही भएको बताउनुभयो । ‘जताततै वेथिति छ, सरकार र जनप्रतिनिधिको चासो भौतिक विकासमा छ तर मानवीय विकास भनए समुदायमा दीर्घकालीन असर पर्छ, त्यस विषयमा समयमै ध्यान दिनु पर्ने खाँचो छ,’– उहाँले भन्नुभयो ।
नेपाल युथ काउन्सीलका बाग्मती प्रदेश सदस्य समुन्द्र के.सी.ले विकास निर्माणमा चासो बढाउन खबरदारीको जरुरत रहेको बताउनु भयो । ‘कर्मचारी पनि कुनै न कुनै दलमा आस्थावान छन् अनि जनप्रतिनिधिसगँको मिलेमतोका कारण विकास निर्माण भुलेका छन्,’ उहाँले भन्नुभयो । भूगोल, संस्कृति सुहाउँदो कार्य गरी स्थानीय क्षेत्रबाट नै दिगो विकासका काम गर्नु पर्ने उल्लेख गर्दै समुदायको आर्थिक विकास, उत्पादनशील कार्य र गरिबीको अन्त्यका लागि लाग्नु पर्ने खाँचो औँल्याउनु भयो ।
ललितपुर दुग्ध व्यवसायी समितिका सचिव रमेश सञ्जेलले संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकास लक्ष्यमा भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा, पोषण स्तरमा सुधार र दिगो कृषि विकासको प्रवद्र्धनलाई जोड दिइएको उल्लेख गर्दै सबैका लागि स्वस्थ जीवनको सुनिश्चितताका लागि किसानलाई उत्पादनशील कार्यमा लाग्न प्रेरित गर्ने सरकारी योजना चाहिने बताउनु भयो । उहाँले साना किसानलाई प्रबद्र्धनका लागि अनुदानको व्यवस्था गर्न र ठूला किसानलाई औद्योगिक विकासका लागि सहुलियत ऋणको व्यवस्था गर्ने वातावरणको खाँचो औँल्याउनु भयो ।
इन्सेक बाग्मती प्रदेशका संयोजक कृष्ण गौतमले राजनीतिक पार्टी, सरकार र संघ संस्थाहरुलाई सहि बाटोमा मार्गदर्शन गर्न नागरिक समाजको भूमिका रहने उल्लेख गर्दै सरकारले आवधिक नीति र योजना बनाउदा नागरिक सहभागिता गराएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले नागरिक समाजको भूमिकाले सभ्य समाज निर्माण हुने अन्तर्राष्ट्रिय मान्यता रहेको स्मरण गर्दै भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, साँंस्कृतिक विकासका लागि उत्पादन र रोजगारी समेत जोडिने वातावरण हुनु पर्ने बताउनु भयो ।
इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सुमधुर सम्बन्धको खाँचो औँल्याउदै समाजमा सकरात्मक रुपान्तरणका लागि साझा पहल हुनु पर्ने बताउनु भयो ।


