दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज देशको मौसममा आंशिक बदली भई पूर्वी पहाडका एक–दुई स्थानमा पानी पर्ने सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते, मंगलवार १०:०६

काठमाडौं, फागुन ६ । आज देशको मौसममा आंशिक बदली भई पूर्वी पहाडका एक–दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बंगालबाट भित्रिरहेको बादल र नेपालकै स्थानीय बादलको संयोजनबाट पूर्वमा मौसम बदली भएको र पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि आंशिक बदली हुने र दिनभर घाम लाग्ने सम्भावना नरहेको जारी सुचनामा उल्लेख छ । अहिले देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो लागेको छ।

यस्तै आज राती देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु