दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्लोबल फिल्मस् फेस्टिवल सिकिम २०२०मा छनोट चलचित्र ´धुलो`फागुन १६मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते, मंगलवार १४:५१

काठमाडौं६ फाल्गुन
फागुन १६ गते रिलिजको तयारी रहेको चलचित्र ´धुलो`को टेलर सार्वजनिक भएको छ।
श्रमिक मजदुर र सामाजिक विषयवस्तु कथामा निर्माण गरिएको चलचित्र प्रद्युम्न मिश्रको निर्देशनमा निर्माण भएको छ ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, सुमन घिमिरे,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् ।नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा को पनि बिशेष भूमिका रहेको छ ।
दिपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्।यस चलचित्रको निर्माण संयोजकमा सुमन घिमिरे रहेका छन् भने चलचित्रमा समाबेश गितमा केशव मिश्रको शब्द छ भने शिव परियार,रेजिना रिमाल,युवराज चौलागाईं,मनोज राज को स्वर रहेको छ ।

सुवास सिंह बस्न्यातको लेखन,रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन । चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
यो चलचित्र ग्लोबल फिल्मस् फेस्टिवल सिकिम २०२० मा समेत छनोट भैसकेको छ । यो फिल्म फेस्टिवल फिल्म फेडरेशन ईन्डियाको आयोजनामा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु