दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ऐन संशोधन गराउन द्धन्द्ध पीडितले आन्दोलन चलाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते, मंगलवार १६:०४

काठमाडौं । द्धन्द्ध पीडित राष्ट्रिय संजालले सत्य निरुपण एवं मेलमिलाप तथा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग ऐन संशोधनका लागि ३ महिने दवाव अभियान चलाउने भएको छ ।
संजालको हालै सम्पन्न बैठकले वरिष्ठ उपाध्यक्ष फडिन्द्र लुइटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश संयोजकको संयोजकत्वमा प्रदेशमा पनि दवावमूलक कार्यक्रम गर्ने संजालले आज प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ । सर्वोच्च अदालतको आदेश अनुसार तत्काल ऐन संशोधन गर्न संजालले माग गरेको छ ।
ऐन व्यवहारिक नभएको भन्दै पटकपटक संघर्ष गर्दै आएको संजालले ऐन पीडितमैत्री नबनेको आरोप लगाएको छ । ऐन संशोधन गर्नुअघि आफूहरुसँग छलफल गरिनुपर्ने पनि संजालको माग छ । अध्यक्ष गोपालबहादुर शाह र महासचिव सुरेन्द्र खत्रीद्धारा प्रकाशित विज्ञप्तिमा संक्रमणकालीन न्यायिक संयन्त्रभन्दा माथि रहने कुनै पनि संयन्त्र आफूहरुलाई मान्य नहुने समेत संजालले चेतावनी दिएको छ ।
उपाध्यक्ष लुइटेलले सरकारले द्धन्द्धपीडितको समस्यालाई समाधान गर्न नचाहेको आरोप लगाए । ‘यति धेरै समय बितिसक्दा पनि सरकारले चासो राखेको छैन, त्यसैले अब आशा मर्ने बेला भइसक्यो’ लुइटेलले भने ‘हामी पीडितहरुसँग छलफल नगरी बनाइएका ऐनले पीडितलाई न्याया दिन्छ भन्ने लाग्दैन ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु