दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टाइम्स र ऋतलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते, मंगलवार १९:०९

काठमाडौं, फागुन ६ ।
टाइम्स इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत फुटसलमा मंगलबार च्याम्पियन बनेका छन् । टाइम्स ब्वाइज तथा ऋत गल्र्समा पहिलो भए ।
माकलबारीस्थित मनकामना फुटसलमा भएको ब्वाइज फाइनलमा टाइम्सले समृद्धिलाई १–० गोलले पराजित ग¥यो । टाइम्सका सुनिल गोलेले निर्णायक गोल गरे ।
गल्र्सको उपाधि भिडन्तमा ऋतले जेभियर इन्टरनेसनल कलेजलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा ऋतका अस्मिता घिमिरे, प्रतिक्षा भण्डारी र नम्रता बुढाथोकीले गोल गरे । जेभियरबाट चेतना केसी र लाक्पा शेर्पाले गोल गरे ।
विजेतालाई केन्द्रीय हिसानका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ९ टिमले लिग कम नकआउट आधारमा खेलेका थिए ।
काठमाडौं हिसानद्वारा आयोजित खेलकुद सप्ताहमा फुटसलसहित बास्केटबल, भलिबल, टग अफ वार र टेबलटेनिस गरी ५ खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको ब्वाइजमा जेभियर र गल्र्समा साइपाल एकेडेमी पहिलो भएका थिए । भलिबलको ब्वाइजमा गीताञ्जली र गल्र्समा ग्रिनफिल्डले उपाधि जिते । टग अफ वारको ब्वाइजमा जया मल्टिपल कलेज र गल्र्समा ऋत एकेडेमीले शीर्ष स्थान हात पारेका थिए । सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको टेबलटेनिसको ब्वाइजमा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र गल्र्समा लिभरपुल इन्टरनेसनल कलेजकी मन्जु सुवालले स्वर्ण जितेका थिए ।
‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नारा दिइएको खेलकुद सप्ताहअन्तर्गत बास्केटबल र भलिबल बसुन्धरास्थित ऋत एकेडेमी, टग अफ वार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा टेबलटेनिस नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको थियो ।

एनइए र नेपाल मोडेल सेमिफाइनलमा
एनइए र नेपाल मोडेल दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एनइएले मातृभुमिलाई ३२–२७ ले पराजित ग¥यो । एनइएका नारायण लोहनीले १९ अंक जोडे । नेपाल मोडेलले भ्याली पब्लिकलाई ३५–२९ ले हरायो । नेपाल मोडेलका कृष्ण काफ्लेले १० स्कोर गरे । जुनियर ब्वाइजमै आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले पारामाउन्टलाई २९–२० तथा स्किब्सले नव ज्ञानभुमिलाई १६–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । इबीएका समिर खनालले १४ तथा स्किब्सका क्षितिज आले मगरले १० स्कोर गरे ।
गल्र्सको थ्री बाइ थ्रीमा इबीएको तीनै टोली ‘ए’, ‘बी’ र ‘सी’ ले सेमिफाइनल यात्रा तय गरे । आयोजकसंगै नाम्सले पनि सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु