दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साधना लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते, मंगलवार १९:४३

गोर्खा ।गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले मकवानपुर जिल्लाको मनहरी
गाउँपालिकाको हाडिँखोला शाखामा आबद्घ सदस्यहरुलाइ नेपाल राष्ट्र बैकका निर्देशक राजन विक्रम थापाको प्रमुख आतिथ्यतामा वित्तीय साक्षरता कार्यक्रम संम्पन्न गरेको छ । वित्तीय संस्थाका २०० जना भन्दा वढि सदस्यहरुको
उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै थापाले ग्रामिण भेगमा आर्थिक रुपान्तरण सँगै महिला सशक्तिकरणमा
लघुवित्त कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताको ज्ञान भए मात्रै
लघुवित्त कार्यक्रमले सदस्यहरुमा उद्यमशिलताको विकास भई उनिहरुको जिवनस्तरमा समेत सुधार हुने उहाँले बताउनु
भयो ।
कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका उपाअध्क्षय निर्मला हिम्डुङ्गले ग्रामिण विकासका लागि वित्तीय संस्थाहरुले
महत्बर्पुण भुमिका निर्वाह गरेको हुदा वित्तीय सेवाको सहि उपयोग गर्न सबैलाइ आबहान गर्नु भएको थियो साथै
राक्सिराङ्ग गाउँपालिका वडा नं ८ का वडा अध्क्षय राम कृष्ण प्रजा, सुर्योदय मा.वि का प्रधानाध्यापक दिपक
कार्कीले उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो । त्यसै गरि वित्तीय संस्थाका प्रमुख कार्याकारी
अधिकृत रेशम न्यौपानेले ग्रामिण भेगमा वित्तीय सैवा सँगै वित्तीय साक्षरता आजको आबश्यकता रहेको हुदा
वित्तीय साक्षरता कार्यक्रमलाइ जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने
वित्तीय संस्थाको उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रममा वित्तीय संस्था कि बरिष्ठ प्रबन्धक सरिता ढकालले वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक
समृद्घिका लागि वित्तीय सेवाको महत्बका साथै वित्तीय संस्थाको बचत तथा कर्जा योजनाको बारेमा जानकारी गराई
उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्न प्रोत्साहन गर्नु भएको थियो र उक्त कार्यक्रम वित्तीय संस्थाका संचालक
समितिका अध्क्षय कृष्ण बहादुर थापाको अध्क्षयतामा संम्पन्न भएको थियो भने उक्त कार्यक्रममा हाडिखोला शाखाका
शाखा प्रमुख मोहन कुमार धमलाले सहजिकरण गर्नु भएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु