
फागुन ७, काठमाडौं । श्रीसाथी नेपाल सामाजकि संस्थाले राजधानी महिला उद्यमी सम्बन्धी अन्तक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख तथा श्रीकृष्ण प्रणामी युवा परषिदका अध्यक्ष नमराज ढकालले महिलाको विकास विषयमा एउटा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
उँहाले प्रस्तुत गर्नु भएको कार्यपत्रका विषयहरु महिला विकास , सशक्तिकरण , उद्यमशिलता, महिला सशक्तिकरण र सहकारी मार्फत महिलाहरुको उद्यमशिलता विकास विषयमा केन्द्रित रहेको थियो ।
उहाँले कार्यपत्र प्रस्तुत गर्ने क्रममा विश्वमा अमेरिकामा सन १८३० पहिलो अमिेरिकी महिलाले गरेको दासत्वा बिरुद्ध अधिकारको आवाज लगायत , विश्वमा महिला अधिकार , सन १९७५ मा मेक्सिकोमा पहिलो अन्तराष्ट्रिय महिला सम्मेलन , नेपालमा राणाकालीन समयमा सती प्रथा , नेपालको सहकारी संस्थाहरुमा महिलाहरुको भुमिका विषयमा छोटकरिमा आफनो प्रस्तुतीकरण गर्नु भएको थियो ।
हिजोदेखि काठमाडौं वडा नं ११ स्थित जीविस भवनमा शुरु भएको सो कार्यक्रम भोलि फागुन ८ गते समापन हुने साथी नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता सरतिा सापकोटाले बताउनु भएको छ ।महिलाहरुलाई कसरी उद्यमशिलता लगाई आत्मनिर्भर गर्ने विषयमा समर्पित साथी नेपाल संस्थाले काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ ।


