
कीर्तिपुर ।नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो स्थानको लागी ल्याब्रोटरी मा.बि. र हारती शिक्षा मन्दिर बिच भएको खेलमा निर्धारित समयमा दुबै टिमबाट गोल रहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा ल्याब्रोटरी मा.बि.ले हारती शिक्षा मन्दिरलाई ५—४ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । त्यसैगरी भोलि मिति २०७६।११।०८ गते नेपाल पुलिस स्कुल विरुद्ध ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल बिच विहान ठिक १०स्०० बजे फाईनल खेल हुनेछ ।


