• इबीए र एनईए फाइनलमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १७:०२

    काठमाडौं, फागुन ७ । इडेन ब्रिज एकेडेमी (इबीए) र एनईए दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
    धापासीस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइलनमा इबीएले स्किब्सलाई ३०–२० ले पराजित ग¥यो । इबीएको जितमा सुनील मल्लले १७ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा इबीएले १२–७, १०–४ र ६–५ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर ४–४ को बराबरीमा टुंगियो । दोश्रो सेमिफाइनलमा नारायण पौडेलको १२ अंक सहयोगमा एनईएले नेपाल मोडेललाई २४–२० ले हरायो ।
    गल्र्सको थ्री बाइ थ्रीमा इबीए ‘ए’ फाइनलमा पुग्यो । पहिलो सेमिफाइनलमा इबीए ‘ए’ ले आफ्नै ‘सी’ टिमलाई १२–७ ले पाखा लगायो । विजेताकी इशा मगरले ४ स्कोर गरिन् । इबीए ‘ए’ ले उपाधिका लागि इबीए ‘बी’ र नाम्सबीच हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु