नेप्से आज ५ दशमलब २४ अंकले बढेर १४ सय ५ दशमलब २५ अंकमा पुगेर बन्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते, बुधबार १७:१७

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार मापन गर्ने परिसुचक (नेप्से) बढेको छ । मंगलबार १ हजार ४ सय दशमलब शुन्य १ अंकमा बन्द भएको नेप्से बुधबार ५ दशमलब २४ अंकले बढेर १४ सय ५ दशमलब २५ अंकमा पुगेर बन्द भएको हो ।
नेप्सेमा सामान्य सुधार हुँदा बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार २ अर्ब माथिको कारोबार भएकोमा बुधबार १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३ सय ८९ रुपैयाँ बराबरको कारोबार भयो । यस क्रममा १५ हजार ५३ कारोबार बाट ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता सेयर किनबेच हुँदा १५ हजार ५३ कारोबार बाट ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु