
नुवाकोट ।नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नंवर ४ थप्रेकमा बिहीबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा डेढ दर्जन घाइते भएका छन् । काठमाडौंका लागि छुटेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा दुर्घटनामा परेको एक स्थानियले जानकारी दिए।
घटनास्थलमा उद्धार चलिरहेको इलाका प्रहरी कार्यालय पञ्चकन्याका हवलदार सन्तोष खड्काले जानकारी दिए। उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्।
हवलदार खड्काले भने, ‘हामीले अहिलेसम्म १४ घाइतेको उद्धार गर्यौं, जसमध्ये ३ जना सख्त घाइते छन्।’ उनका अनुसार सामान्य घाइतेलाई पञ्चकन्या गाउँपालिकाको गाडी र मिनिट्रकमार्फत घलेभन्ज्याङस्थित स्वास्थ्य चौकीमा लगिएको छ। सख्त घाइतेलाई भने काठमाडौंको ग्रीनसिटी अस्पताल पठाइएको छ।


