दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते, बिहीबार १७:०६

काठमाडौं९ फागुन
माघ २२ गते देखि फागुन ८ गते सम्म नेपाल एपीफ स्कुल, कीर्तिपुर काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल सम्पन्न भएको छ ।
आज भएको फाइनल खेल अन्तरगत ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र नेपाल पुलिस स्कुल बिच भएको खेलमा नेपाल पुलिस स्कुलले उपाधी जित्न सफल भएको छ ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

फाइनल खेल अन्तरगत नेपाल पुलिस स्कुलले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २—१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । पुरस्कार वितरण कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले रेफ्रीहरु तथा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रधान गर्नु भयो।

त्यसै गरी एन आइसी एसियाका सहायक कार्यकारी निर्देशन सुधिरनाथ पाण्डेले सो प्रतियोगिताका उपविजेता ल ग्रिन भिलेज एजुकेशन फाउण्डेशनका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।सोही अवसरमा सहायक कार्यकारी निर्देशकले नेपाल एपीएफ स्कुलका छात्राहरुलाई उपयोगी हुने सेनेटरी प्याड डिस्पोजल मेशिन आयोजक विद्यालयका प्रधानाचार्य युवराज पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रम मा अखिल नेपाल महिला फुटबल समितिकी अध्यक्ष श्रीमती पेमा लामाबाट सम्पूर्ण सहभागी टिमहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा अखिल नेपाल फुटबल महासंघका उपाध्यक्ष उपेन्द्रमान सिंहले तृतीय स्थान हासिल गर्ने ल्याब्रोटरी मा.वि.का खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल प्रधान गर्नु भएको थियो ।
खेलमा उत्कृष्ट गोल रक्षक नेपाल पुलिस स्कुलका इसान श्रेष्ठ घोषित भएका थिए भने सोही स्कुलका सन्देश तामाङ्ग सर्वाधिक गोल कर्ता र सोदिन अवाल उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । त्यस्तै साल्भिनिया एकेडेमी, कीर्तिपुर अनुशासित खेलाडी समुह बन्न सफल भएको थियो । उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय फुटबल प्रशिक्षक साबित्रा भण्डारी र अनिता बस्नेतले संयुक्त रुपमा ट्रफी तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु