
फागुन ८, काठमाडौं । श्रीसाथी नेपाल सामाजकि संस्थाले राजधानी महिला उद्यमी सम्बन्धी अन्तक्रियात्मक कार्यक्रमको आज समापन भएको छ ।
समापन समारोहका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख तथा श्रीकृष्ण प्रणामी युवा परषिदका अध्यक्ष नमराज ढकालले महिलाहरु पनि पुरुषको तुलनामा कुनै किसिमले कम नभएको बताउँदै महिलाहरुलाई आत्मनिर्भरशील हुन प्रोत्साहन गर्नु भयो ।
यसैगरी समापन समारोहमा आफनै धारणा राख्दै श्रीसाथी नेपाल संस्थाकी अध्यक्ष सरिता सापकोटाले दश वर्षको अन्तरालमा श्रीसाथी नेपाल संस्थाले विभिन्न भागमा छरिएर रहेका महिलाहरुलाई आत्मनिर्भर हुनको लागि विभिन्न उद्यमशीलता तालिम दिएको स्मरण गर्नु भयो ।
समापन कार्यक्रममा प्रमुख अतिथि नमराज ढकालले तीन दिने उद्यमशीलता कार्यक्रममा पहिलो दोस्रो र तेस्रो हुने समुहलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
गत फागुन ७ गते काठमाडौंको बवरमहलस्थित जीविस भवनमा संचालित सो तालिम संचालनमा काठमाडौं महानगरपालिकाले सहयोग गरेको थियो ।


