दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली बजारमा सुनको भाऊ उकालो लाग्ने क्रम जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते, शुक्रबार ११:३१

काठमाडौंः नेपाली बजारमा सुनको भाऊ उकालो लाग्ने क्रम जारी छ। यो संगै शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार एकैदिन ५ सय रुपैयाँ प्रतितोला बढेर सुनको भाऊले नयाँ कीर्तिमान बनाएको हो ।
बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, बिहीबार ७६ हजार ३ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७७ हजार ८ सय निर्धारण गरिएको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला ९ सय १५ मा कारोबार भएको चाँदी आज पनि सोहो मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु