सचिन्द्र श्रेष्ठ
” हाइकु”
१.रोएको देश
लज्जास्पद दुनिया
कहिले सम्म
२.भक्कानिएर
हृदय छिया छिया
स्तब्ध समय
३.उत्सर्ग सीमा
चिमोटीएको मन
लिलामि पन
४.कछुवा गति
बिकासको बिगुल
एक्याबद्दता
५.समीकरण
पार्टी राज्य जनता
बदर भयो
६.आशाको दियो
बहुलाएको देश
मजाक नेता
७.खडेरी ऋतु
अबूझ राजनीती
घृणित खेल
८.पसिना बेच्दै
उजाड मरुभूमि
श्रमको मूल्य
९.गरम हावा
असन्तुस्ट भावना
साहु को ऋण
१०.दिन या रात
सपनामा महल
झुप्रो जिन्दगी
११.कठिन यात्रा
सफलता चुमेर
आँशु पिऊनु
१२.नहुने रै छ
हास्दा हास्दै यौवन
याद मैं बस्यो
१३.चिसो सिरेटो
दुई धारे खुकुरी
यता न उति
१४.ऐतिहासिक
आरोह अवरोह
बर्ग संघर्ष
१५.उडने चरी
कहलीलाग्दो क्षण
खोक्रो जमीन
१६.गाँठो सम्झौता
झझल्को सम्झनामा
मितब्यतिता
१७.अमर कथा
जुनी जुनी सम्मको
प्रेम बियोग
१८.मनको बह
दुई दिने जोवन
स्पर्श क्षणिक
१९.रेशमी बाल
अतृप्त उत्तेजना
निश्छल माया
२०.शुुभ अशुुभ
कमिलाको लहर
गन्तब्यहीन


