दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” चितवनमा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १० गते, शनिबार १८:४०

चितवन ।नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” चितवनमा सम्मानित भएका छन । शुक्रबार लक्की मिडिया हाउस चितवनद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमकाबीच उहांँलाई सम्मानित गरिएको हो । सिंह विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रको विकास र संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै खादा सहित सम्मान गरिएको हो । उहाँलाई मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले खादा ओडाएर सम्मान गर्नुभएको थियो। महासचिव सिंह विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्र र कलाकारहरुको हकहितको पक्षमा सक्रिय रुपमा निरन्तर लाग्दै आउनु भएको छ । उहाँले चलचित्र निर्माण संँगै २ दर्जनभन्दा बढी नेपाली चलचित्र अभिनय गर्नुभएको छ । उहाँले विभिन्न सामाजिक संघ/संस्था मार्फत विभिन्न बृद्धाश्रम , अनाथलय, अस्पताल र विद्यालहरुमा सेवा र सहयोग गर्दै आउनुभएको छ । उहाँ चलचित्र सीपमुलक तथा व्यतित्वका विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सम्मेलनमा समेत सहभागिता जनाईसक्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु