दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १० गते, शनिबार १९:४८

होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न

काठमाडौं, १० फाल्गुन -होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा शनिवार सम्पन्न भएको हो । कुल ४१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट बिस जना किशोर किशोरी एवम् युवा र पन्ध्र जना बालबालिकाहरु छनौट भएका छन् । अडिसनमा कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्जवल जंग शाह, सौन्दर्यविद् शशी शाह, लगाएतका निर्णायकको भूमिका निर्वाह गरेका थिए । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनर र फेसियल हाउस इन एशोसिएसन पार्टनरको रुपमा रहेको छ । इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर मिडियाले होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्ट गर्न लागेको ईभेण्ट आयोजक ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए । अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फाल्गुण २५ गते फेशन र्याम्प, म्युजिकल शो तथा नारी सम्मान गर्ने कार्यक्रम रहेको उनले स्पष्ट पारे । अडिसन राउण्डमा छनौट हुन सफल सहभागीहरुलाई एक सातासम्म प्रशिक्षण दिई सन्देशमुलक विभिन्न थिमका साथ र्याम्पमा उत्रार्ने तयारी रहेको इभेण्ट कोरियोग्राफर केडी भट्टराईले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु