दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सिद्धार्थ बनस्थलीको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते, आईतवार १९:००

काठमाडौं, फागुन ११ ।
सिद्धार्थ बनस्थलीले दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको उद्घाटन खेलमा सिद्धार्थ बनस्थलीले नेक्ससलाई १–० गोलले पराजित ग¥यो । अनमोल क्षेत्रीले निर्णायक गोल गरे । नेक्ससका कर्तब्य मोक्तान ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । नकआउट आधारमा भइरहेको प्रतियोगितामा आयोजक लोयल्टीको २ सहित १२ टिम सहभागी छन् । सहभागी टिमहरुमा लोयल्टी ‘ए’ र ‘बी’, सिद्धार्थ बनस्थली, नेक्सस, टीआईए, हिमालयन, काष्ठमण्डप, युनाइटेड, विद्या संस्कार, लिटिल एन्जल्स (एलए), टाइमलाइन तथा शिशु मिलन रहेका छन् ।
सोमबार काष्ठमण्डप र युनाइटेड, विद्या संस्कार र डिफेन्डिङ च्याम्पियन एलए तथा टीआईए र लोयल्टी ‘ए’ बीच खेल हुने छ । फाइनल फागुन १६ गते हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु