• नेप्से एकै दिन ६९ दसमलव ५६ अंकले बढेर १५ सय चार दसमलव १४ बिन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १९:२८

    काठमाडौ । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्सेले छलाङ मारेको छ । नेप्से एकै दिन ६९ दसमलव ५६ अंकले बढेर १५ सय चार दसमलव १४ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १७ दसमलव सात अंकले बढेर तीन सय १७ दसमलव ५० बिन्दुमा चढेको छ ।

    एक सय ७८ कम्पनीहरुको ३० हजार चार सय ५६ वटा कम्पनीहरुको ८७ लाख ६९ हजार पाँच सय २२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रुपैयाँ पुगेको छ ।

    नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ८६ दसमलव एक एक अंकले बढेर १२ सय ८८ दसमलव ७४ बिन्दुमा चढेकोमा बिकास बैक समुहको सुचक पनि ८४ दसमलव ५९ अंकले बढेर १९ सय ६६ दसमलव २२ बिन्दुमा चढेको छ ।

    जलबिद्युत समुहको सुचक पनि ३३ दसमलव ७५ अंकले बढेर एक हजार ८३ दसमलव ६८ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३९ दसमलव ८५ अंकले बढेर सात हजार दुई सय ४८ दसमलव ८३ बिन्दुमा चढेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा,ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानीकोष समुको सुचक पनि बढेकाछन ।

    आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको फष्र्ट माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९६ पैसाले बढेर छ सय १८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटल समुहको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ६८ पैसाले घटेर तीन सय १५ रुपैयाँमा कारोवार भएको छ ।
    यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता चार सय ५४ रुपैयाँ अन्तिम मुल्यमा १२ करोड ५६ लाख २१ हजार सात सय ६६ रुपैयाँको कारोवार भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु