• एसियन नेपाल मिडिया एन्ड इभेन्टको आयोजनामा मिस कुइन रामपुर २०७६ सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ०६:५०

    पाल्पा १२, फागुन
    एसियन नेपाल मिडिया एन्ड इभेन्टको आयोजनामा मिस कुइन रामपुर २०७६ सम्पन्न भएको छ।
    मिस कुइन रामपुर २०७६को प्रथम उपाधी अनिस्मा बम्सी ठकुरी, दोस्रो शर्मिला आले र तेर्सो शुस्मिता कार्कीले जित्न सफल भएकी छिन्। भियुर चोइसको रुपमा अस्मिता राणाले उपाधी हात पार्न सफल भएकि छिन् । राजकुमार दर्जी,अनु श्रेष्ठ र अनिता अधिकारीको निर्णायक मंडल बाट मिस कुइन रामपुर २०७६ को छनोट गरिएको थियो ।

    प्रथम हुनेलाई तीस हजार दोस्रो लाई बीस हजार र तेर्सो लाई दस हजार सहित कदर पत्र प्रधान गरिएको थियो ।

    रामपुर नगरपालिकाका मेयर रमण थापाको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा पाल्पा जिल्ला रामपुर लागएतका ठाँउ बाट विभिन्न विशिष्ट व्यक्तित्वहरुको वाक्लो उपस्थित रहेको थियो ।
    आयोजक संस्थाको अध्यक्ष आकाश कार्की छन् भने इभेन्ट व्यवस्थापनको रुपमा रबिन श्रेष्ठ र संतोष श्रेष्ठ रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु