• दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ०६:५६

    काठमाडौं ।नेपाल अपांग महिला संघको अध्यक्षमा अभियन्ता टीका दाहाल चयन भएकी छन् ।
    अपांगता भएका व्यक्तिहरुको महिलाहरुको अधिकारको क्षेत्रमा क्रियाशील संस्था नेपाल अपांग महिला संघको २० औं साधारण सभा तथा १० औं महाधिवेशनले दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
    यसैगरी संस्थाको उपाध्यक्षमा निर्मला ज्ञवाली, महासचिवमा मिना पौडेल, कोषाध्यक्षमा शोभा खतिवडा निर्वाचित हुनुभएको हो । संस्थाको सदस्यहरू कल्पना ढकाल, विनिता शर्मा र दीपा देवकोटा निर्वाचित हुनुभएको छ ।
    संस्थाको विकास र अपांगता भएका महिलाहरुको हित र अधिकारका लागी दत्तचित्त भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष टिका दाहालले बताउनु भयो । नेपालमा भएका तीन तहका सरकारमा अपांगता भएका महिलाका विषय कसरी जोडेर जाने बारे गहन अध्ययन र समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो । सरकारले ल्याउने नीति नियममा अपांगताका विषयहरुलाई समेट्ने भन्ने बारे शसक्त रुपबाट लग्ने उहाँको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु