• भेहिकल उत्कृष्ट भन्ने सुनेर अवलोकनमा आए : मुख्यमन्त्री पौडेल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार १०:१२

    काठमाण्डौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौं चन्द्रागिरी नगरपालिका गुर्जुधारास्ति भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर नै उत्कृष्ट रहेको दाबी गर्नुभएको छ । भेहिकल रिसर्च एकेडमी भ्रमण र अवलोकन गर्दै उहाले उत्कृष्ट रहेको बताउनु भएको हो । भ्रमण एवम् अवलोकन कै क्रममा मुख्यमन्त्री पौडेल बोल्दै आफुले भेहिकलजस्तो उत्कृष्ट सेन्टर अन्त नदेखेको समेत बताउनुभएको छ । अवलोकन पश्चात् मुख्यमन्त्री पौडेलले सवारी चालक अनुमति पत्र प्राप्त गर्न सर्वसाधारणले प्रयोगात्मक परीक्षा दिंदा के कस्तो समस्या छ तिनको समाधानका लागि के गर्नुपर्छ ? भेइकल सेन्टरले के कसरी सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहयोग पु¥याएको छ भन्ने लगायतका बिषयमा चासो राख्नुभएको उक्त सेन्टरले जनाएको छ । उहाँले सवारी चालक अनुमतिपत्र लिन सर्वसाधारणको चाप रहेकोले त्यस्लाई ब्यवस्थित गर्ने बिषय प्रदेश सरकारको प्राथमिकतामा परेको जानकारी गराउनुभएको थियो । मन्त्री पौडेलले भेहिकल एकेडमीमा अध्ययन गरि चालक अनुमतिपत्र पाएका चालकहरुले चलाएका सवारीको बारेमा यात्रुहरुमा प्रशंसनीय रहेको आफुले सुनेर आफूलाई भेहिकल कस्तो छ भन्ने अवलोकन गर्न मन लागेकाले अवलोकनमा आएको समेत उहाले बताउनुभयो ।

    भेहिकलमा के छ त ?

    यातायात बिज्ञ देवेन्द्र प्रधानले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा भेइकल सेन्टरले सबैमा चित्तबुझ्दो रहेकोे बताउदै जिम्मेवारीवारी पूर्वक काम गरेको र सेवाग्राहीबाट कुनै पनि प्रकारको गुनासो नआओस् भन्ने ढंगले काम गरिरहेको अवगत गराउनुभएको थियो । लामो अनुभव पछी यातायात बिज्ञ र उहाँको समूहले यो एकेडमी निर्माण गरिएको समेत जानकारी दिनुभयो । उक्त अवसरमा भेइकल सेन्टरका सञ्चालक लगायतले उहाँको स्वागत गरेका थिए ।
    उक्त भेइकल सेन्टरमा स्कुटर, मोटरसाइकल, साना मझौला तथा ठूला सवारी साधनको चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा हुँदै आएको छ । भेहिकल एकेडमीले दिएको चालक तालिमको चन्द्रगिरीबासीहरु धेरै प्रसंशा गरेका समेत छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु