
काठमाडौं । रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।
ललितपुरको सानागाउँस्थित आयोजक रोयलको कोर्टमा रोयलले बापेकलाई ७१–६१ ले पराजित ग¥यो । रोयलका निश्चल महर्जनले २२ स्कोर गरे । निश्चल नै ‘म्यान अफ द म्याच’ बने । त्यसवापत निश्चलले फ्रेस बाइट्सबाट गिफ्ट भौचर प्राप्त गरे ।
पहिलो क्वाटरमा १८–१४ को अग्रता लिएको रोयल दोश्रोमा २०–२४ ले पछि प¥यो । रोयलले तेश्रोमा १९–१२ र चौथोमा १४–११ को अग्रता लिएको थियो ।


