दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विजयलाई काब्यको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते, मंगलवार ९:२३

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता विजय सिंजालीलाई काब्य स्कुलले सम्मान गरेको छ । विद्यालयको अभिभावक दिवसका अवसरमा काब्यले विजयलाई सम्मान गरेको हो ।
आफ्नै भूमिमा सम्पन्न १३औं सागमा स्वर्ण जित्दै राष्ट्रको नाम उँचो बनाएको भन्दै काब्यले नगद १० हजार र सम्मानपत्रबाट विजयलाई सम्मान गरेको हो । उनलाई काब्य स्कुलका प्रिन्सिपल नवराज बाँस्कोटा र नेपाल सरकारका सचिव सूर्यप्रसाद गौतमले सम्मान गरेका थिए । खेलकुदका माध्यमबाट देशको नाम उँचो बनाउन सफल खेलाडीको हौसला बढाउन विजयलाई सम्मान गरेको प्रिन्सिफल बाँस्कोटाले बताए ।
१३औं सागमा विजयले उसुको थाउलोमा स्वर्ण जितेका थिए । उनले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।
काब्यले यसअघि १३औं सागकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी संगीता बस्याललाई पनि नगदसहित सम्मान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु