
काठमाडौ ।आकस्मिक रक्त व्यवस्थापनमा सहज र रक्तदान सम्बन्धि सचेतना फैलाउने उद्देश्यले गठन भएको टिम ब्लडपलले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्री मेलाको अवसरमा देश बिदेशबाट आउने सम्पूर्ण दर्शनार्थी भक्तजनहरुलाई पुजा आराधनामा सहजता होस भन्ने उद्देश्यले टिम ब्लडपलद्वारा “लाइन व्यवस्थापन,मन्दिर परिसरमा सरसफाई तथा रक्तदान सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरेको थियो।
टिम ब्लडपलका प्रमुख संयोजक सुरेश मानन्धरको उपस्तिथिमा आयोजित कार्यक्रममा करिब ३० जना भन्दा बढी टिम ब्लडपलका स्वयंसेवक तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक अर्पण सिवाकोटी बताएका छन् ।
उक्त कार्यक्रममा ब्लडपलका सदस्यहरूले भीड व्यवस्थापनका साथसाथै त्यहाँ उपस्थित भक्तजनहरुलाई रक्तदान सम्बन्धी जनचेतना फैलाएका थिए । दिनहुँजसो हुने रक्त अभाब लाई न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको र टीम ब्लड्पल सधैं रक्तदान क्षेत्रमा अनावरात रूपमा लागि रहेको र आउदा दिनमा पनि विभिन्न कार्यक्रम मार्फत रक्तदान सम्बन्धी सचेतना गराउँदै जाने कुरा कार्यक्रम संयोजक अर्पण सिवाकोटीले प्रतिबद्धता व्यक्त गरेका थिए ।


