दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चोर बाटोबाट ल्याएर वामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत : कर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते, मंगलवार २१:३८

काठमाडौं, १३ फागुन । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले मधेशी, जनजाति, थारु, आदिवासी तथा पिछडिएका क्षेत्रका समूदायको माग पूरा गर्ने सवालमा संविधान संशोधन आवश्यक रहेको सुनाए । तर, व्यक्तिको हितको लागि संविधान संशोधन गर्ने कुरा आफूहरुलाई मान्य नहुने तर्क गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधन गर्ने उद्देश्यले नेकपाले कार्यदल बनाएको कुरा आएको छ । व्यक्ति ठूलो कि जनता ? मलाई आश्चर्य लागेको छ । त्यसरी व्यक्तिको लागि संविधान संशोधन गर्ने कुरा गलत हो । जुन व्यक्तिलाई जनताले चुनावमा पराजित गरे, जसलाई हराए फेरि त्यही व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु चोर बाटो अपनाउनु हो ।’ चोर बाटोबाट ल्याएर वामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु नै गलत भएको उनको टिप्पणी छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री भनेको त कार्यकारी प्रमुख भएकोले राष्ट्रपतिबाट मनोनित व्यक्ति जनताको प्रधानमन्त्री हुनै नसक्ने तर्क गरे । उनले भने,‘हारेका व्यक्तिलाई मन्त्री पनि बनाउन नहुने कुरा संविधानले कल्पना गरेको छ । मनोनित पदमा आएर प्रधानमन्त्री बन्ने कुरा चोरबाटो हो । यो त झ्यालबाट छिर्न खोज्नु हो ।’ कर्णले राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था संसदीय व्यवस्थामा नै नभएको सुनाए । उनले भने,‘राजपाको यसको विपक्षमा छ ।
समचार तस्बिर रिपोर्टस क्लब बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु