दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संविधान संशोधनमार्फत मुलुकमा कम्युनिष्ट व्यवस्था र राजतन्त्रपनि ल्याउन सकिन्छ : सांसद विडारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते, मंगलवार २१:५८

काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले दुई तिहाई बहुमतले संविधान संशोधनमार्फत मुलुकमा कम्युनिष्ट व्यवस्था वा राजतन्त्रपनि ल्याउन सकिने सुनाउँदै राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन किन नसकिने ? भन्दै प्रश्न राखे ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै विडारीले विश्वका कयौं देशमा माथिल्लो सदन र तल्लो सदन दुवै सदनका सदस्यपनि प्रधानमन्त्री हुने व्यवस्था रहेको सुनाए । उनले भने,‘अहिले भएको बहस हेर्दा मलाई अचम्म लाग्छ, ज्यान जाला हुँदै हुँदैन भन्नुपनि गलत हो, र यो गर्नैपर्छ भन्नुपनि बेठीक हो ।’ उनले अहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्थाको लागि संविधान संशोधन गर्नेबारे वादविवाद तथा छलफलको विषय भएको सुनाए ।क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आवश्यकत्ताको औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने तर्क गरे । उनले भने,‘संविधान संशोधन नै हुँदैन भन्नुपनि गलत हो । यो त परिवर्तनीय दस्तावेज हो । राष्ट्रिय स्वाधिनता र स्वाभिमानलगायतका केही संवेदनशील विषयमा संविधान संशोधन हुँदैन् । नत्र दुई तिहाई बहुमतले संविधान संशोधन गरेर कम्युनिष्ट व्यवस्थामा पनि जान सकिन्छ । राजतन्त्रपनि ल्याउन सकिन्छ । हाम्रो संविधानले यति फराकिलो व्यवस्था गरेको छ ।’उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको भनेर पत्रपत्रिकाले लेखेकै भरमा हल्ला गर्नु पनि गलत भएको टिप्पणी गरे । उनले भने,‘संविधान संशोधन गर्न आवश्यक छ कि छैन ? भन्ने कुरा निर्वाचन व्यवस्था कति महँगो भयो ? भन्ने कुराले पनि देखाउँछ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय पद्धतीमा जानुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने कुरापनि अहिले विद्धानहरुले गर्न थालेका छन् ।’उनले आफूले त तीन वर्षअघि नै संसदमा यही निर्वाचन प्रणालीले त संसदमा ठेकेदार, दलाली र तस्करहरुमात्रै भरिने भए भनेर बोलेको पनि स्मरण गराए ।  उनले उपयुक्तताको आधारमा संविधान संशोधन गर्न सकिने बताए । उनले भने,‘अहिले नेकपाले गठन गरेको कार्यदलले संविधानको कुन कुन धारा संशोधन गर्दा राम्रो हुन्छ भनेर अध्ययन गर्छ । कार्यदल गठन भएकै हो नि । यसको संयोजक माधव नेपालजी हुनुहुन्छ ।
समचार तस्बिर रिपोर्टस क्लबबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु