
काठमाडौं । सुनको भाउमा बिहीबार वृद्धि भएको छ । बिहीबार तोलामा दुई सयले बढेर ७९ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलाको ७९ हजार ५ सयमा कारोबार भएको थियो भने मंगलबार ८० हजार पुगेको थियो । सोमबार भने हालसम्मकै उच्च मूल्य ८० हजार ३ सय पुगेको थियो ।
यस्तै तेजावी सुन पनि तोलामा २ सयले बढेर ७९ हजार ४ सय पुगेको महासंघले जनाएको छ । यसदिन चाँदीको भाउ भने घट्यो । आज चाँदीको भाउ तोलाको ९ सय कायम भएको छ । बुधबार तोलाको ९ सय ५ मा कारोबार भएको थियो ।


