दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ईन्जिनियर्स सम्मेलन दौड हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते, शुक्रबार १८:४७

नेपाल इन्जिनियर्स एशोसिएसनको युथ एन्ड स्पोर्ट्स कमिटीले शनिवार इन्जिनियर्स सम्मेलन दौड गर्ने भएको छ । शनिवार विहान पुल्चोकस्थिति हरिहर भवनस्थित ईन्जिनियस भवनबाट ५ किलोमिटर दौड शुरु भई, नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्त्य हुने युथ एण्ड स्पोर्टस कमिटीका अध्यक्ष ई.प्रदिप कुमार खत्रीले बताए । सो दौडमा करिब ५ सय जनाको सहभागीता हुने खत्रीले बताएका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसनको १६ औं राष्ट्रिय ईन्जिनियस सम्मेलनको पुर्वसन्ध्या हुन लागेको सो दौडको महिला र पुरुष विजेताले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने युथ एन्ड स्पोर्टस कमिटीका सदस्य–सचिव ई अनिल मानन्धरले बताए । ‘महिला÷पुरुष दुवैको विजेताले समान १० हजार पुरस्कार प्राप्त गर्ने छन् । समृद्ध मुलुक निर्माणका लागि स्मार्ट भौतिक पुवार्धार भन्ने धारणालाई आत्मसाथ गराउन यो दौड गरिएको छ,’ उनले भने ।’
सो दौड प्रतियोगितामा दोस्रो हुनेले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । तेस्रो हुने खेलाडीले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । दौड हरिहरभवनबाट शुरु भई, कुपन्डोल, बागमति पुल, थापाथली, माइतीघर, शहिदगेट, जमल हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुने छ ।
२१ फागुनमा विश्व इन्जिनियरिङ दिवसका अवसरमा प्रज्ञाप्रतिष्ठान कमलादीमा १६ औं राष्ट्रिय ईन्जिनियर सम्मेलन हुन गइरहेकाले खेलकुदलाई समेत समावेश गर्ने उद्देश्यले दौड गरिएको अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले बताए । सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु