दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किशोर किशोरी पत्रकारहरु २० भन्दा बढि बाल विवाह रोक्न सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते, शनिबार ९:३५

बाँकेका किशोर किशोरी पत्रकारहरुले २० भन्दा बढि बाल विवाह रोकेको बताएका छन् । बाँकेमा सुरु गरेको स्वयंसेवी किशोर किशोरी पत्रकारिता तालिममा सहभागि किशोर किशोरीहरुले आफुहरुले बाल विवाह रोक्न र त्यसको अन्त्यका लागि चेतना फैलाउन सफल भएको बताएका हुन् । बाल विवाह जस्ता कुरितीको अन्त्यका लागि आफुहरु स्वयंसेवी पत्रकारको रुपमा खटिइरहने बाल विवाह पिडित सविना खानले बताउनु भयो । आफुहरुले २० भन्दा बढि बाल विवाह रोक्न सफल भएको बताए । सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले गएको ८ महिनामा सबै पालिकाको वडा तहसम्म पुगेर स्वयंसेवी पत्रकारहरुले महत्वपूर्ण बिषयहरु बाहिर ल्याईरहेको बताउनुभयो । स्वयंसेवी पत्रकारहरुले व्यवसायिक पत्रकारहरुले गर्न नसकेको सुचना बाहिर ल्याउने र परिवर्तनको लागि प्रभावकारी काम गर्न सकेको हुनाले उहाँहरुलाई प्रोत्साहन स्वरुप रेडियो कार्यक्रम संकलन गर्ने रेकर्डर प्रदान गरिएको आचार्यले बताउनुभयो । प्लान इन्टर नेशनल नेपालका सुरक्षा संयोजक आशा बुढाले बाल विवाह बिरुद्धको अभियानलाई समुदायिक पत्रकारिताले उर्जा थपेको बताउनु भयो । रेडियो सद्भावमा कार्यक्रम सञ्चालन गर्दै आउनु भएका स्वंयसेवी पत्रकार मञ्जु घर्तिमगर र चेतना क्षेत्रिले आफुहरुलाई रेडियोले ठूलो शक्ति प्रदान गरेको बताउनु भयो । बाल विवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउनको लागि वाच डगको रुपमा काम गरेको अन्य पत्रकारहरुले बताएका छन् । बाँकेमा जिल्लामा बाल विवाह अन्य जिल्लाको तुलनामा उच्च दरमा भैरहको छ भने २० वर्ष पछि मात्रै विवाह गर्न पाउने कानुनी व्यवस्थाको पनि समुदायस्तरबाट बिरोध भैरहेको छ । त्यसैले सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र प्लान इन्टरनेशनल नेपालले बाँकेमा सबै वडा तहका किशोर किशोरीलाई स्वयंसेवी पत्रकार बनाउने कार्यक्रम गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु