
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन् ।
२२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् । अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।


