
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमित विभिन्न पाँच देशका नागरिकलाई ‘ अन अराइभल भिसा’ अनिश्चितकालका लागि नदिने निर्णय गरेको छ । अध्यागमन विभागद्वारा सोमबार साँझ जारी विज्ञप्तीमा कोरोनाको उच्च जोखिममा रहेका चीन, दक्षिण कोरिया, इरान, जापान र इटालीका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको हो । तर यी पाँचवटै देशमा रहेका नेपाली दूतावासमा आधिकारिक निकायबाट जारी ताजा स्वस्थ रहेको प्रमाणपत्र सहित भिसाका लागि आवेदन दिन सकिने विभागले जनाएको छ ।


